मङ्लबार, बैशाख ११, २०८१

प्रेस स्वतन्त्रता हननका ७५ घटना मध्ये सबैभन्दा बढी घटना बागमती प्रदेशमा

काठमाडौं बैशाख २०,
नेपाल पत्रकार महासङ्घले वितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएको जनाएको छ। त्यस्तै महासङ्घको सञ्चार अनुगमन इकाइको तथ्याङ्कअनुसार यसवर्ष पत्रकारको पेशागत सुरक्षाको अभाव जनाउँदै ३०० भन्दा बढी उजुरी परेको जनाएको छ।

त्यस्तै सञ्चार अनुगमन इकाइका अनुसार प्रेस स्वतन्त्रता हननका सबैभन्दा बढी ५४ वटा घटना बागमती प्रदेशमा र १ नं प्रदेश र मधेस प्रदेशमा ६–६ वटा र कर्णाली प्रदेशमा ५ र लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएको जनाएकोछ । त्यसतै सुदूरपश्चिम प्रदेशमा भने यो पटक प्रेस स्वतन्त्रता हननका हननका घटना भएको नपाइएको महासंघले जनाएको छ।

त्यस्तै प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना घट्दै गर्दा २७२ सञ्चारकर्मी, ९ सञ्चारगृह र ३३ महिला पीडित भएको छ । अघिल्लो वर्ष महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका ४५ घटना थिए भने ती घटनाबाट जम्मा ५८४ पत्रकार र तीन सञ्चार संस्था पीडित भएको थियो ।
साथ ै महासङ्घको अभिलेखअनुसार यस वर्ष ३ पत्रकार गिरफ्तारीमा परेका छन् भने आक्रमण, दुव्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका छन् । त्यस्तै पेशागत असुरक्षाको पीडा ३१ पत्रकारले खेप्दैछन् । कानुन बनाएर प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्न खोज्ने काम समेत ३ पटक भएको छ ।

उल्लिखित तथ्याङ्कका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न सकिने अवस्थामा नभएको महासङ्घको भनाइ रहेको छ ।