शनिबार, बैशाख ८, २०८१

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथारोहण सम्पन्न

काठमाडौं वैशाख १८,
वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म मनाइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई आज रथारोहण गरिइएकोछ । रथारोहणको क्रममा मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त : बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। मच्छिन्द्रनाथको रथजात्रा वैशाख २१ गतेबाट सुरु हुने सम्वद्ध गुठियारहरुले जनाएको छ।