शनिबार, बैशाख ८, २०८१

वडाबासीलाइ शशिदाइ र नविनदाइको अभाव महसुस हुन दिन्न- वडाध्यक्षका उम्मेदवार : श्रेष्ठ

काठमाडौं बैशाख २१ ,
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगर वडा न. १९ मा नेपाली काँग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रेका वडाध्यक्षका उम्मेदवार राजेश श्रेष्ठले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन ।

वडाको समग्र विकासका लागि नेपाली काँग्रेसको तर्फबाट यसअघि दुई कार्यकाल वडाध्यक्षको महत्वपूर्ण भूमिका निर्वाह गर्दै तमाम वडाबासीको सर्वप्रिय बन्न सफल आदरणीय स्व:शशिलाल श्रेष्ठ र यसै वडाबाट दुई पटक संविधान सभाको निर्वाचनमा निर्वाचित हुँदै संघीय सरकारमा उद्योेग मन्त्रीको महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल स्व: नविन्द्रराज जोशीको पदचापको अनुशरण गर्दै आफु चुनावी मैदानमा आएको बताउँनुभयो ।

त्यस्तै उहाँँले पछिल्लो समय वडाध्यक्ष आदरणीय शशिदाइ र पूर्वमन्त्री जोशीको निधन पछि वडामा केहि विचौलिया अराजकतत्वले खोक्रो आश्वासन र झुठा नाराको भूलभुलैया सहित वडावासीको भावनामाथि गर्दै आएको खेलवाद र वडाबासीलाइ शशिदाइ र नविनदाइ हामीवीच नभएको आभाष नपरोस भन्ने चाहना सहित आफु उम्मेदवारको रुपमा आएको बताउनुभयो ।

त्यस्तै उहाँले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्ने क्रममा आफ्नो निहित स्वार्थका लागि वडाका स्थानीयको भावनासंग खेल्ने प्रयास नगर्न आग्रह गर्दै सिङ्गो वडाको विकासका लागि वडाध्यक्षको रुपमा यसअघिका वडाध्यक्ष दाजु शशिलाल श्रेष्ठले निर्वाह गरेको पदचाप अनुसार क्रियाशील हुँने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले आफु सहित आफु आउदो निर्वाचनमा यसअघि वडा सदस्यको रुपमा विगतको कार्यकालमा समेत वडावासीको सेवामा समर्पित वडा सदस्यत्रय क्रमस चन्द्रमान डंगोल, दिनेशमान जोशी ,रेणु शाही र रञ्जिता परियार सहित चुनावी मैदानमा होमिएको  बताउनुभयो ।

काठमाडौं काँग्रेस क्षेत्र न.८ का सभापति समेत रहेका वडाध्यक्षका उम्मेदवार श्रेष्ठले आफुले अभिव्यक्त गरेको प्रतिवद्धतालाइ चुनावी नाराको रुपमा नबुझ्न आग्रह गर्दै भने काँग्रेस सदैव जनताको आवश्यकतालाइ मनन गर्दै जनता संगसंगै हिड्ने पार्टी हो । त्यसअर्थमा काँग्रेसले कहिले पनि ख्रोक्रो आश्वासन नबाड्ने बताउनुभयो । यद्यपी उहाँले साथै आफ्नो आफु निर्वाचित भएलगत्तै हाम्रो वडा राम्रो वडा बनाउन् स्व :वडाध्यक्ष शशिलाल श्रेष्ठले गरेको योगदानको सम्मान र उहाँप्रति श्रद्धाञ्जलीका लागि उहँको अर्धकदको शालीक प्रतिस्थापन गर्दै आफुले कार्यारम्भ गर्ने बताउनुभयो ।

त्यस्तै उहाँले बुँदागत रुपमा वडाको कुनै पनि विकास निर्माणको काममा स्थानीयको अपनत्व जागृत हुने वातावरण बनाउँदै प्रस्तावित विकास निर्माणको कामकारवाही अगाडी बढाँउँने बताउनुभयो ।

  • वडाको प्रमुख समस्या भनेको खानेपानी नै भएको आफ्नो बुझाइ रहेका कारण यसको समाधानका लागि परम्परागत ढुङ्गेधाराको उत्खनन संगै इनारको व्यवस्थापन संगै हरेक घरघरमा मेलम्चीको पानीको न्यायेचित वितरणलाइ प्राथमिकरण गर्ने ।
  • वडाको क्षेत्राधिकार भित्र रहेको पाटी पौवा मठमन्दिर संगै यहाँका मूर्त अमूर्त कला संस्कृतिको आवश्यकता अनुरुप ममर्त सम्भार पुर्न निर्माण गर्ने ।
  • लामो समय देखि सम्बोधन हुन् सकेको विष्णुमति साइडमा बस्ने स्थानीयको लागि स्वावासी पूर्जाका लागि तत्काल पहल कदमी लिने योजना रहेको बताउँदै वडामा वर्षभरि मनाइने कुनै पनि किसिमको जात्रा पर्वको संरक्षण संगै जात्रापर्व मनाउँन वडा समितिको तर्फबाट आवश्यक बजेटको विनियोजन गर्दै बजेटको अभावमा कुनै पनि जात्रा पर्वको अस्तित्वमाथि हुँदै आएको समस्या निराकरण गर्ने ।
  • वडाको विभिन्न् क्षेत्रमा हरियालीको प्रवद्धन संगै शारिरीक व्यायामका लागि लागि आवश्यक पूर्वाधारको परियोजना कार्यान्वयन संगै स्वच्छ सफा हराभरा वातारणको विकास गर्ने ।
  • स्थानीय संघ संस्थाका संस्थागत विकासका लागि आवश्यक पहल कद्ममी लिदै शान्ति सुरक्षाको लागि नितिगत योजना अन्र्तगत सिसि क्यामरा, फ्रि वाइफाइ  ,आकस्मिक सुरक्षा वेल संगै वडाका हरेक क्रियाकलापलाइ डिजिटलाइजेशन गर्दै  कार्ययोजना कार्यान्वयन गर्ने ।
  • वडामा रहेको शहरी स्वास्थ्य क्लिनकलाइ मिनि अस्पतालमा रुपान्तरण गर्ने र एमबुलेन्सको व्यवस्था गर्ने ।
  • ज्येष्ठ नागरिक, अपाङ्गमैत्री वातावरण बनाउँदै उनिहरुका लागि आवश्यकता अनुरुपको कार्ययोजना तय गर्ने ।
  • वडाका महिला गृहणी देख वेरोजगार युवाहरुको स्तरउन्नतीका लागि आयआर्जनका लागि प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने ।
  • न्यून आय भएका वडाका स्थानीयलाइ स्वरोजगारको वातावरण बनाउँने लगातयका थप विभिन्न योजनाहरु रहेको छन जुन स्थानीय वडाबासीको सरसल्लह र परामर्शमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।