शुक्रबार, बैशाख १४, २०८१

महानगरको ३२ मध्ये १८ मा काँग्रेस, १२ मा एमाले

मतगणना हुँदै गरेका वडा न १४, १६ मा पनि काँग्रेस र १५ नेकपा एसको  संभावना प्रवल

काठमाडौं जेठ १२ ,
गत बैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगरपालिको ३२ वटा वडागत संरचनामा नेपाली काँग्रेसले १७ वटा वडा समिति र नेकपा एमालेले १२ वटा वडा समितिमा विजय प्राप्त गरेको छ ।

काठमाडौं महानगर प्रमुखमा यसपटक स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित हुने निश्चित भए पनि यसको औपचारिक घोषणा भने भएको छैन ।  प्राप्त पछिल्लो मत परिणाम अनुसार    महानगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले ५९ हजार १४९ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । साथै उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डङ्गोल ६६ हजार ८७८ मत ल्याएर अग्रस्थानमा रहेकी छिन ।

२०७४को स्थानीय निर्वाचनमा महानगर उपप्रमुसख सहित १४ वटा वडा समितिमा निर्वाचित भएका नेपाली काँग्रेसले यसपटक महानगर प्रमुख र उपप्रमुख गुमाउँदै क्रमस वडा न ६, ७, ८, ९, १०, ११, १२, १७, १९, २०, २४, २५, २६, २७, २८ र २९ र ३० न वडामा निर्वाचित हुन सफल भएको छ । त्यस्तै मत गणना हुन बाँकी वडा न १४, १५ र १६ मध्ये वडा न १६ मा  काँग्रेसका  उम्मेदवार मुकुन्द रिजाल  संगै  वडा न  १४ मा  सुमन श्रेष्ठ ,  वडा न १५ मा  नेकपा समाजवादीका  उम्मेदवार  इश्वरमान डंगोलको संभावना प्रवल रहेको  छ ।

यद्यपी वडा न १४ र १६ काँग्रेसले जित्दै गर्दा काँग्रेसको काठमाडौं महानगरमा सिट सख्या १९ हुनेछ भने एमालेको उपप्रमुख सहित १३ र नेकपा समाज वादीको १ सट कायम हुने भएकोछ ।

काँग्रेसको तर्फबाट वडा न ६ भुवन लामा, ७ मा बिमलकुमार होडा, ८ मा आशामन संगत, ९ रामजी भण्डारी, १० मा रामकुमार केसी , ११ मा हिरालाल तण्डुकार, १२ मा बालकृष्ण महर्जन, १७ मा नविन मानन्धर, १८ मा राजेश श्रेष्ठ ,२० मा राजेन्द्रमानन्धर , २४ मा विनोद राजभण्डारी ,२५ राजेश डंगोल, २६ ख्याम तिवारी, २७ मा योगेश खड्गी २८ माभाइराम खड्गी, २९मा कुश ढकाल र ३० मा दल बहादुर कार्की निर्वाचित भएको हो ।

त्यस्तै २०७४ को स्थानीय निर्वाचनमा महानगर प्रमुख सहित १८ वटा वडामा आफ्नो बर्चश्व बनाएको नेकपा एमालेले यसपटक महानगर प्रमुख गुमाउँदै उपप्रमुख सहित १२ वटा वडामा चित्त बुझाउनु पर्ने भएको छ।

त्यस्तै वडा न १ मा एमालेको तर्फबाट भरतलाल श्रेष्ठ २ मा राजेन्द्रकुमार श्रेष्ठ ३ प्रेम थापा, मा ४ दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापति ,वडा १३ मा ध्रुवनारायण मानन्धर १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचुडामणि बज्राचार्य ,२२ चिनीकाजी महर्जन ,वडा २३ मा मचाराजा महर्जन, ३१ मा सरोज ढकाल र ३२ मा नवराज पराजुली निर्वाचित भएका छन ।