शुक्रबार, चैत्र १६, २०८०

काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौं बैशाख १८ ,
आसन्न स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगरपालिकाका वडा १८, २२, २३ र २७ वडाको दलित महिला सदस्यमा ४ जना वडा सदस्य निर्विरोध यसरी निर्विरोघ निर्वाचित हुनेमा काँग्रेसका १ र नेकपा एमाले सम्वद्ध ३ जना वडा सदस्य रहेका छन ।

स्थानीय तह सदस्य निर्वाचनको गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १÷१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसरी निर्वाचित हुनु हुनेमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार रहेका छन । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।