शुक्रबार, मंसिर १५, २०८०
Dashain

शान्तिनीकुञ्जका पूर्व विधार्थीहरुको पुर्नमिलन

काठमाडौं वैशाख १९,
आइतवार शान्तिनीकुञ्ज माविका वर्ष ०५१ /०५२ ब्याजीका साथीसंङ्गीवीच पुर्नमिर्लन भएको छ ।  सामाजीक सञ्जाल मार्फत विजय बज्राचार्यको पहलमा साथी खोजी अभियान अन्र्तगत करिव २८ वर्ष पछि स्कूल जीवनका साथीभाइवीच भएको उक्त पुर्नमिलन बैठकले आगामी दिनमा भेटवार्ताको क्रमलाइ निरन्तरता दिदै साथी सर्कलमा एक नयाँ आयाम सिर्जना गर्ने साझा लक्ष्य निर्धारण गर्दै बढीभन्दा बढी सो व्याजीका साथीलाइ आवद्ध गर्दै जाने नितिगत निर्णय गरेको छ।

त्यस्तै पुर्नमिलन छलफलको क्रममा रजनी शाही ,सिर्जना शाहीले (श्रीया) निर्वाह गरेको भूमिकाको प्रसंशासंगै सहभागीहरुले स्कूल जीवन पछिका आ-आफ्नो सस्मरण समेत सेरिङ्ग गर्दै आगामी दिनमा सामाजीक सञ्जाल मार्फत भएको पुर्नमिलनलाइ संस्थागत रुपमा अघि बढाउन सके यसको प्रभावकारिता अझ प्रखरित हुने साझा धारणाको पहिचान गरिएको थियो ।

विजय वज्राचार्य , रजनी शाही, सिर्जना शाही राजेन्द्र कुँवर , परशुराम लामा, शंकरलाल श्रेष्ठ ,उमेश धौवडेल , राजु प्रजापति , जर्नाजन पौडेल शुरेस शाही ,श्रीजन झा, रिना बज्राचार्य, सरोजा शाही लगायतको सहभागीता रहेको पुर्नमिलनमा कार्यक्रममा कतिपय साथीहरु देश वाहिर रहेका कारण उपस्थिती हुन नसेकपनि देश भित्रै रहेका मित्रजन पनि कार्य व्यस्तताका कारण उपस्थिती हुन नसकेको राजेन्द्र कुँवरले बताए ।

यद्यपी प्रारम्भिक पुर्नमिलनमा सहभागी हुन नसकेका मित्रजन आगामी भेटवार्तामा सहभागी हुने सहभागी परशुराम लामाले विस्वास व्यक्त गर्नुभयो । यसवीचमा एकाध स्कूले साथीभाइ यदाकदा भेट हुन्छ र भएको पनि छ तर यसरी सामुहिक रुपमा भएको भेटवार्ताको वेग्लै अर्थ रहने निष्कर्ष  भेलाले गरेको  उमेश धौवदेलले बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30