शुक्रबार, मंसिर १५, २०८०
Dashain

यस्तो छ मन्त्रिपरिषद् बैठकका ६ बुँदे निर्णय

काठमाडौं वैशाख १९,
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ६ बुँदे निर्णय सार्वजनिक गर्दै नेपाल सकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षकहरुमध्ये सबैभन्दा उपयुक्त देखिएका धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई वैशाख १९ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी महानिरीक्षक पदमा नियुक्ति गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले कोष तथा लेखा नियन्त्रक कार्यालय, खोटाङका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णयसंगै दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती संघसँग थप पाँच वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि बताउनुभयो ।
भएको छ ।

त्यस्तै, आइतवार बसेको मप बैठकले लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीनजना अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय संगै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति [गठन] [दोस्रो संशोधान]आदेश २०७९ स्वीकृत गर्ने निर्णय भएको बताउनुभयो ।