शुक्रबार, मंसिर १५, २०८०
Dashain

प्रहरी महानिरीक्षक सिंहलाइ दर्ज्यानी चिन्ह

काठमाडौ बैशाख १९
नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ बैशाख १८ गतेको निर्णयअनुसार बैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त हुनुभएका धिरज प्रताप सिंह आज ए कार्यक्रमकावीच दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गुहमन्त्रायमा आयोजित कार्यक्रमम गृहसचिव टेक नारायण पाण्डेले प्रहरी महानिरीक्षक सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो । त्यस्तै  दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा वोल्दै गृहसचिव पाण्डेले राज्य, सरकार, आमनागरिक र सिंगो समाजले राखेका अपेक्षा पूरा गराउन प्रहरी संगठनलाई दृढतापूर्वक अगाडि बढाउने पहल नयाँ नेतृत्वबाट हुने विश्चास व्यक्त गर्नुभयो ।

त्यस्तै नव नियुक्त प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा धन्यावद दिदै “मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हाँसिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न नेपाल प्रहरी कटिवद्ध र कृतसंकल्पित रहेको बताउनुभयो ।

साथै सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णतस् निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कामय राख्ने, आपराधिक तत्वहरुसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रीत राखी सहकर्मीहरुको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30