बुधबार, मंसिर २०, २०८०
Dashain

कहिल्यै नास नहुने फल प्राप्तिको कामना सहित आज अक्षय तृतीया पर्व मनाइदैँ

 काठमाडौं बैशाख २०,
प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी मनाइदै छ । आजको दिन विवाहका लागि लगन अक्षय तृतीया तथा साइत हेर्नु नपर्ने मान्यता र शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नास नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

शास्त्रीय अक्षय तृतीया अक्षय तृतीया विधानअनुसार दियो, कलस र गणेशलाई पुजी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।

अक्षय तृतीयाको दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास सहित दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ ।

गर्मीयामको यो दिन स्नान, पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।

पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले अक्षय तृतीयाका दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । यस्तै सत्य युगको प्रारम्भ भएको मानी अक्षय तृतीयाको दिनलाई युगादि पनि भन्ने गरिएको पाईन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30