बिहिबार, बैशाख १३, २०८१

यस्तो छ महानगर प्रमुखका उम्मेदवार नेतृ सिंहको ७ बुँदे संकल्प प्रस्ताव

काठमाडौ बैशाख १५ ,
आसन्न स्थानीय तह निर्वाचन अन्र्तगत सर्वाधिक चर्चित स्थानीय तह  सत्ता गठबन्धको तर्फबाट काठमाडौँ  महानगरपालिकामा प्रमुखको उम्मेदवार रहेको सिर्जना सिंहले आफ्नो चुनावी एजेन्दा अर्थात सात ‘स’ को सङ्कल्प आज एक कार्यक्रमकावीच सार्वजनिक गर्नुभएको गर्नुभएको छ ।

महानगर प्रमुखका उम्मेदवार नेतृ सिंहले सार्वजनिक गर्नुभएको सात ‘स’ को सङ्कल्प प्रस्तावमा सेवा सुशासन ,स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा ,स्वच्छ, सफा, दिगो पर्यावरण,सुरक्षित सहर,सबल र समुन्नत पूर्वाधार र सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासीको अवधारणा कार्यान्वयन गर्ने बताउनु भएकोछ ।

त्यस्तै उहाँले आफ्नो प्रस्तावको व्याख्यामा  महानगरको  निर्देशित   लक्ष्य प्राप्तिका लागि सेवा र सुशासनअन्तर्गत महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही सञ्चालन गर्ने, भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाहसंगै सङ्घीय सरकार प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था र समुदायसँग साझेदारी कायम गर्ने उल्लेख गरिएको छ।

यस्तै स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाअन्तर्गत शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने, महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडामा रोकथाम, परीक्षण, उपचार र पुनःस्थापनासहितको ‘सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पताल सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्नलगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उल्लेख  गर्नुभएको छ ।

त्यस्तै प्रस्तावमा स्वच्छ, सफा, दिगो पर्यावरणअन्तर्गत कामपालाई ‘जेरो वेस्ट’ महानगर बनाउने, पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्ने, सार्वजनिक, खुला स्थान, पार्क, बहाः, फल्चाः आदिको संरक्षण, पुनःस्थापना तथा विस्तार गर्ने सङ्कल्प गर्नुभएको छ ।

यस्तै सुरक्षित सहरअन्तर्गत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण, विपद् थेग्नसक्ने क्षमतायुक्त सहरको निर्माण गर्ने संगै महानगरको संस्कृति, सम्पदा र सभ्यता बचाउनका लागि मौलिक ज्ञान, भाषा, जात्रा, बाजागाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा संवद्र्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने तथा गुठी प्रणालीको प्रवद्र्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबद्ध रही कार्य गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

सिंहले सबल र समुन्नत पूर्वाधारअन्तर्गत सहजरूपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरी पैदलयात्री केन्द्रित सहरका रूपमा महानगरलाई विकास गर्ने र सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी बनाउन उहाँले युवाका लागि अवसर, महिलाको सशक्तीकरण र सम्पूर्ण महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्न आवश्यक पहलकदमी लिने उल्लेख गर्नुभएको छ।