शुक्रबार, चैत्र १६, २०८०

आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

काठमाडौ वैशाख १५,
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ ।

आसन्न निर्वाचन प्रयोजनका लागि पार्टीको निति विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पार्टीका सवै नेता कार्यकर्तालाई आग्रह बिहीबार जारी वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।

सभापति देउवाले जारी वक्तव्यमा मुलुकको निहित स्वार्थका लागि संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्ति मौलाएका कारण यस्ता प्रवृतिलाइ निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षधरको उपस्थितीका लागि ५ दलवीच चुनावी गठबन्धन भएको र त्यसअर्थमा पार्टी भित्रबाटै संविधान विरोधी तत्वलाइ बल पुग्ने गरि उम्देवारी दिनु कुनै अर्थमा स्स्वीकार गर्न नसकिने भन्दै यसवीचमा दर्ता भएका उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएकोछ ।

साथै उहाँले एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति आफु जानकार रहेको जिकिर गर्दै अहिलेको अवस्था भनेको पार्टीको विजयका लागि “साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु वक्तव्यमा भनिएको छ।