शुक्रबार, चैत्र १६, २०८०

थप १३ जनामा सङ्क्रमण, ४४ जना सङ्क्रमणमुक्त

काठमाडौं चैत २६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ४ हजार १५५ को पिसिआर परीक्षण  गर्दा  १२ जना र  १६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा  थप  १ जना गरि जम्मा १३ जनामा   कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणको क्रममा सङ्क्रमितको पहिचान भएके सङ्ख्या ९ लाख ७८ हजार ५६८ पुगेको छ ।

त्यस्तै एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १ लाख ४० हजार १४९ रहेको जानकारी दिदै यसवीचमा थप ४४ जना संक्रमित सङ्क्रमणमुक्त भएको र योसंगै नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या ९ लाख ६५ हजार ९८० पुगेको जानकारीदिएको छ ।

त्यस्तै कोभिड संक्रमणका कारण निधन हुनेको सख्या हालसम्म ११ हजार ९५१ पुगेको र सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ रहेको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो समय ११ जना संक्रमितको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरेको जानकारी समेत मन्त्रालयले दिएको छ ।