बिहिबार, बैशाख १३, २०८१

कौडा खालमा प्रहरीको छापा ,८ लाख रूपैयाँ सहति १३ जना पक्राउ

भक्तपुर चैत २३,

 महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका ६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुरतामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाटकौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई आज बिहान पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको जाउदै पक्राउ परेका अभियुक्त उपर आवश्य अनुसन्धान भइरहेको जनाएको छ।