बिहिबार, बैशाख ६, २०८१

हेमबहादुर मल्ल सम्मान उपाध्यायलाई

काठमाडौं बैशाख ८,
साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका संस्थापक प्रमुख कार्यकारी, प्रमुख ‘हेमबहादुर मल्लको सम्मान मा स्थापना गरिएको हेमबहादुर मल्ल सम्मान यसवर्ष सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । उपाध्यायलाई ११ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त सम्मान वितरण गरिने भएको छ ।

तत्कालीन श्री ५ को सरकार निजी क्षेत्रको सहकार्यमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापना कालमा महाप्रबन्धको रुपमा सेवा प्रवेश गर्नु भएका स्व मल्लले कर्पोरेशनको पहिचान स्थापितका लागि गर्नु भएको २५ वर्षको योगदानको सम्मानमा स्थापित दुई लाख रुपैयाँ राशीको पुरस्कार सम्मान पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसनका लिमिटेडका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुण्यप्रसाद न्यौपाने र पूर्वसचिव जीवनप्रभा लामा सदस्य रहनुभएको छनोट समितिको सिफारिसमा उपाध्यायलाइ प्रदान गर्ने निर्णय भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारीदिइएकोछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त संगै अन्य निकायको सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा निर्वाह गर्दै गर्नुभएको योगदानका कारण उहाँलाइ प्रस्तुत सम्मानबाट सम्मानीत गरिन लागेको कर्पोरेसन र नेपाल जनप्रशासन संघद्दारा संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा दिईएको हो ।

यसअघि प्रस्तुत सम्मानबाट सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा.विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत र डा.गौरीशंकरलाल दास सम्मानित भइसकेका छन्।