बिहिबार, बैशाख १३, २०८१

हवाईजहाजको ककपिटमा जबरजस्ती प्रवेश-पत्रकारिताको मर्यादाविपरीत : महासंघ

धमलालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं चैत २२ ,

नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा पत्रकार ऋषि धमला हवाइजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

महासङ्घका महासचिव रोशन पुरीले आज एक विज्ञप्ति जारी गदै सूचना संकलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भएता पनि सूचना संकलन गर्दा पत्रकारिताको मार्यादालाई ख्याल गर्नु जरुरी रहेको भन्दै सूचना सङ्कलनका नाममा सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानमा जबर्जस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादाविपरीत भएको महासंघको ठहर रहेको जनाएको छ।

त्यस्तै महासङ्घले जारी विज्ञप्तिमार्फत समाचार संकलनका लागि कुनै पनि संवेदनशील स्थानहरुमा प्रवेश गर्नुपूर्व लिनुपर्ने अनुमति र अपनाउनु पर्ने मापदण्डलाई पालना गर्न सबैमा अपिल गर्दै सूचनाको स्रोतसँग मर्यादित व्यवहार गर्ने, स्वास्थ्य तथा सुरक्षा संवेदनशीलता प्रदर्शन गर्ने, प्राविधिक पक्षको विशेष रुपमा हेक्का राख्न  सकिएन भने समाचार संकलनका क्रममा क्षति उत्पन्न हुने अवस्थाप्रति सञ्चारकर्मी सधैँ सचेत हुन आवश्यक रहेको उल्लेख गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा पत्रकार समाचार सङ्कलनका लागि स्वतन्त्र हुनुपर्छ र राज्यले त्यसका लागि सबैखाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा महासङ्घ दृढ छ, त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिकसम्म सूचना पु¥याउन सम्भव हुन्छ, तर त्यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयं सचेत र स्पष्ट हुनुपर्दछ भनिएको छ ।

यसैवीच प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई विमान भित्रै रिपोर्टिङ गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा विमानबाटै रिपोर्टिङ गरेको विषयमा प्रेस काउन्सिलले धमलासँग स्पष्टीकरण मागेको हो।