बिहिबार, चैत्र १५, २०८०

स्थानीय तह निर्वाचन: ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने

काठमाडौं चैत २१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा ७७ प्रकारका मतपत्र छपाइ हुने जानकारििदएको छ। आजको नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी दिनुभएको हो ।

त्यस्तै उहाँले यसरी छापिने मतपत्रमा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने जानकारीदिनुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा आजदेखि मतपत्र छपाइ कार्य सुरु हुने जानकारीदिदै छपाइ हुने कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने प्रवक्ता पौडेलले बताउनुभयो । साथै आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएको जनाएको छ ।