मङ्लबार, बैशाख ११, २०८१

स्थानीय तह निर्वाचन: यी हुन काठमाडौं महानगर नेतृत्वका लागि काँग्रेसका तर्फबाट हेभिवेट दावेदार

काठमाडौं  चैत  २५ ,

आसन्न  स्थानीय तह निर्वाचनको  मिति ३५ दिन मात्र बाँकी रहेको छ । निर्वाचनको मिति नगिचिदै गर्दा विभिन्न दलका नेता कार्यकर्ताले आफ्नो     दाबेदारी सहित  टिकट हात पार्न पार्टीभित्र लबिङ गर्न क्रमलाइ निकै तिव्रता दिइरहेको थाह भएको छ।

मुलुकको ७५३ स्थानीय तह मध्ये मुलुकको पहिलो महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि सबै दलको ध्यानकर्षण मात्र भएको नभइ महानगरपालिकाको प्रमुख आफ्नो पोल्टामा पार्न निकै दौदधुप भएको अवस्था छ ।

काठमाडौं महानगरपालिको प्रमुखका लागि पछिल्लो समय अन्य दल भन्दा सत्तारुढ दल नेपाली कांग्रेसबाट भने एक दर्जनको हाराहारीमा पूराना देखि नयाँ पुस्ताका एकसे एक नेता र नेतृहरुले आकांक्षा व्यक्त गरेकै कारण नेतृत्व वृतमा कसलाइ रोज्ने भने थप सकसको अवस्था सिर्जना भएको छ।

त्यस्तै हाम्रा भन्दा राम्रा र जनजनमा भिजेका लोकप्रिय उम्मेदवार छनौट गर्दै यसअभिको स्थानीय निर्वाचनमा गुमेको वर्चश्व कायम गर्न हौसिएका नेपाली काँग्रेसले यसपटक उम्मेदवार छनौटमा समान्य भूल मात्र गर्यो भने पुन: ५ वर्षको लागि महानगरपालिमा आफ्नो उम्मेदवार निर्वाचित गराउन निकै हम्मे पर्ने छ ।

त्यसअर्थमा यो वा त्यो भन्दा पनि सक्षम मात्र नभइ समग्रमा काठमाडौंलाइ बुझेका रैथाने र युवा पुस्तामा भिजेका नयाँ नेतृत्वलाइ अघि सार्नसक्यो भने निर्वाद रुपमा यसपटक काठमाडौं महानगर काँग्रेसको पोल्टामा आउने पक्षमा कुनै शंका छैन ।

पछिल्लो समय काठमाडौं महानगर नेतृत्व हाँक्दै काँग्रेसको गुमेको वर्चश्वलाइ कायम गर्ने भन्दै पूर्वमन्त्री तिर्थराम डंगोल , राजुराज जोशी ,सिर्जना सिंह, काठमाडौं काँग्रेसका जिल्ला सहसचिव प्राडा अमिता प्रधान शाक्य,  अहिलेका उपमेयर हरिप्रभा खड्गी , प्रगतिमान रन्जित, इन्द्रलाल सिंह, निलकाजी शाक्य लगायत अन्य आकंक्षी समेत रहेका छन । त्यस्तै महानगरको नेतृत्वको लागि टिकट पाउँने पनि यिनै हेभिवेट भित्रकै नेताहरु मध्ये कुनै एकले पाउने प्रवल संभावना रहेको छ।

तर टिकट पाउने उम्मेदवारको विषयमा काग्रेस वृतमा चलेको चर्चा र नेतृत्वको रोजाइको फुयुजन कुन नेताको पोल्टामा पर्ने हो त्यसको भने अहिलेनै छिनोफानो गर्नु किमार्थ न्यायसंगत मान्न सकिन्न ।

त्यस्तै चर्चामा रहेका हेवीवेटका उम्मेदवारका विषयमा चर्चा गर्नुपर्दा सवैजना आ-आफ्नो क्षेत्रमा त्यतिकै अब्बल रहेको काग्रेस जनको बुझाइका वीच पछिल्लो समय कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती नेतृ सिर्जना सिंह पछि प्राडा अमिता प्रधान शाक्यको दावेदारीलाइ निकै अर्थपूर्ण रुपमा हेरिन थालेको  छ ।

 यसैक्रममा  विगत ३ दशक भन्दा लामो समय यतादेखि अनवरतरुपमा क्रियाशील हुँदै नेपाली काँग्रेसको सम्पन्न १४ औं महाधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि एवं काठमाडौं काँग्रेसका सहसचिव संगै नेपाल महिला संघको काठमाडौं महिला संघ महानगर सभापतिको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै आइरहेकी जैविक तथ्याङ्क शास्त्रमा विद्यावारीधी तथा महिला बिषयक अध्ययनमा पोस्ट ग्र्याजुएट डिप्लोमा गरेकी प्राडा शाक्यको काठमाडौंलाइ बुझ्ने दृष्टिकोणका कारण नेतृत्व वृतमा उनको दावेदारीले चर्चा पाएको  काँग्रेसजनले जानकारी दिएका छन ।