बिहिबार, बैशाख १३, २०८१

समृद्ध महानगर निर्माणका लागि नेतृ सिंहलाई विजयी गराउन नेताहरुको आग्रह

काठमाडौं बैशाख १५ ,
आसन्न स्थानीय तह निर्वाचन अन्र्तगत सर्वाधिक चर्चित स्थानीय तह काठमाडौँ महानगरमा सत्ता गठबन्धको तर्फबाट प्रमुखको उम्मेदवार रहेको काँग्रेस नेतृ सिर्जना सिंहले आफ्नो चुनावी एजेन्दा अर्थात सात ‘स’ को सङ्कल्प सार्वजनिक कार्यक्रमलाइ सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगन थापाले पछिल्ले समय काठमाडौं महानगरपालिकामा देखिएको यावत विकृतिको समुल अन्त्यका लागि महानगरको प्रमुखमा सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिनुभएकोछ ।

त्यस्तै उहाँले नेतृ सिंह गणेशमान सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमतीमात्र नभएर आफैँमा राजनीतिक व्यक्ति भएको बताउँदै सबैले रोजेको र खोजेको समृद्ध महानगर निर्माणका लागि सिंहलाई विजयी गराउनु आआफ्नो तह र तप्काबाट योगदान गर्न अपिल समेत गनुभएको छ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको भन्दै उक्त अवसरलाई सही सदुपयोग गर्न सम्पूर्णलाई आग्रह गर्नुभयो । साथै उहाँले मुलुकमा लोकतन्त्र स्थापनामा सिर्जना सिंहको महत्वपूर्ण भूमिका रहेको समेत बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, काठमाडौँ कांग्रेसका सभापति कृष्ण सबुज बानियाँ ,पूर्वमन्त्री भीमसेनदास प्रधान काठमाडौँ महानगरपालिकाका सभापति निलकाजी शाक्य संगै उम्मेदवार सिर्जना सिंह समेतले वोल्नु भएको थियो ।