मङ्लबार, बैशाख ११, २०८१

सत्ता गठबन्धनले बैशाख २३ मा काठमाडौंमा वृहत चुनावी सभा गर्ने

काठमाडौं बैशाख १४,
सत्ता गठबन्धनले बैशाख २३ मा काठमाडौंमा केन्द्रीय स्तरको वृहत चुनावी सभा गर्ने भएको छ ।

यसअघि संघीय राजधानी काठमाडौं धनगढी, सुर्खेत, बुटवल, पोखरा, विराटनगर, जनकपुरमा स्थानीय तहको निर्वाचनमा प्रचार–प्रसारका लागि मुलुकको विभिन्न ७ स्थानमा संयुक्त चुनावी सभा गर्ने तय गरेको सत्ता गठबन्धनले काठमाडौंको चुनावी चुनावी सभाको कार्यक्रमलाइ संशोधन गरेको हो ।

संशोधन गरिएको चुनावी सभा सम्बन्धी विज्ञप्त्मिा आज स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले य २३ गते काठमाडौंमा १ बजे केन्द्रीय तहको चुनावी सभा गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।