बुधबार, बैशाख १२, २०८१

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न

काठमाडौं चैत २९,
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट शुरु हुँने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौथो दिन भव्यतापूर्वक आज सम्पन्न भएको छ।

रथजात्राको पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोकामा पुर्याउँदै जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पु-याइने परम्परा रहिआएको छ।

त्यस्तै जात्राको चौथो दिन आज लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक परिक्रमा सहित घुमाइएको थियो । साथै बुधवार सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा लगेसंगै रथ जात्रा समापन हुने गर्दछ ।