बिहिबार, बैशाख १३, २०८१

वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

काठमाडौं चैत २६,
वर्षा र सहकालका देवताका रुपमा पूजिने सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरुहुँदै छ । राजधानीको जमलस्थित तीनधारा लपाठशालामा आज अपरान्ह मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु हुने गर्दछ । यसअघि मछिन्द्रनाथको मूर्तिलाई केलटोलबाट खटमा राखि जमल पुर्याउँने र त्यपछि ३२ हात लामो तथा ९ तल्ले रथमा विराजमान गराई रत्नपार्क, भोटाहिटी, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, हनुमानढोका, मरु, जैसीदेवल, ज्याबहाल हुँदै लगनमा पुगेर पाँचौ दिनमा रथयात्रा समापन गर्नेप्रचलन रहि आएकोछ । सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ ।

त्यस्तै रथायात्रको आज पहिलो दिन रथलाई जमलबाट रत्नपार्क, भोटाहिती हुँदै असन ल्याइ विश्राम गराइन्छ र पहिलो दिनको यात्रा समापन गरिन्छ। त्यस्तै भोलि नवमीको दिन रथलाई असनबाट तानेर केलटोल जनबहाल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका कालभैरव अगाडि राखिन्छ र समापन गरिन्छ। तेस्रो दिन दशमीको दिन हनुमानढोकाबाट मरु, चिकंमुगल, जोशिदेग हुँदै लगन पुर्याइन्छ र विश्राम गराइन्छ। चौथो दिन भने लगनमा रहेको माँ सिमा, जसलाई मछिन्द्रनाथको आमा मानिन्छ, सो माँ सिमाको ३ पल्ट परिक्रमा गराइन्छ र जात्रा समापन भएपछी खटमा राखी पुनस् जात्रा गर्दै जनबहालमा भित्र्याउँदै रथयात्रा समापन गरिन्छ ।