मङ्लबार, बैशाख ४, २०८१

वन अधिकृतवुढथापा सहित ६ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं वैशाख १३,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमार्ग निर्माण गर्दा हुँदै नभएको कामको समेत मूल्यांकन गरी नक्कली बिल बनाएर अनियमितता गर्ने डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरत बहादुर वुढथापासहित ६ जनाबिरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

त्यस्तै मुद्धा दायर गरिएका अन्यमा सव(इन्जिनियर गोरसिंह वढुवाल, असिस्टेन्ट सव – इन्जिनियर रबिन्द्र शाही र पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरी बहादुर शाही रहेका छन ।

आयोले जारी गरेको विज्ञप्तिमा मुद्धा दायर भएका अभियुक्तहरुले हुँदै नभएको कामको मूल्यांकन गरी नक्कली बिलभौचर बनाउँदै बनाई ८ लाख ८७ हजार ६ सय ५३ रुपैयाँ अपचलन गरको दायर मुद्धामा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा मुगुको सोरु गाउँपालिका वडा नं १, जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा बढी मूल्याङ्कन गरी झुठ्ठा विल बनाएर भुक्तानी लिएको  उल्लेख गरिएको छ ।