शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिबाट पुनः निर्माण सम्पन्न काष्ठमण्डपको लोकार्पण

काठमाडौं चैत २१,
राष्ट्रपति विद्यादेवी भण्डारीले ०७२को महाभूक्पका कारण भग्नावशेषमा रुपान्तरण भएको ऐतिहासिक काष्ठमण्डपको पुनः निर्माण सम्पन्न भएसंगै आज एक कार्यक्रमकावीच लोकार्पण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शनसंगै शिलापत्र अनावरण गर्दै पुर्ननिर्मित काष्ठमण्डपको विधिवत लोकापर्ण गर्नुभएको हो ।

पुनः निर्माण सम्पन्न भएको काष्ठमण्डपको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विभिन्न आरोह अवरोकावीच ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूचीकृत काष्ठमण्डपको पुनः निर्माण हुन सकेकोमा खुसी व्यक्त गर्दै पुनः निर्माणका लागि सहयोग गर्ने महानगरको प्रशंसा गर्नुभयो त्यस अवसरमा राष्ट्रपति भण्डारीले पुनः निर्माण कार्य र सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्नुभएको थियो ।