शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा फोटो पत्रकार श्रेष्ठको बिस्केट जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी

काठमाडौं  चैत २३ , 

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका  कार्य समिति सदस्य  एवम फोटो पत्रकार  रत्नकृष्ण श्रेष्ठको  नयाँ वर्षको शुभारम्भसंगै  मध्यपुरठिमीमा मनाइने   बिस्केट   जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी  मंगलवारबाट   राजधानीस्थित  पर्यटन बोर्डको प्राङ्गणमा  जारी रहेको  छ ।

३ दिन सम्म चल्ने उक्त प्रदर्शनीको मंगलवार काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्तरुपमा शुभारम्भ गर्नुभएको हो । त्यस्तै प्रदर्शनीमा बिस्केट   जात्राको सुरुदेखि अन्त्यसम्मका एकसय भन्दा बढी फोटो प्रदर्शनीमा राखिएका छन् ।

त्यस्तै फोटो पत्रकार श्रेष्ठले मध्यपुर ठिमीमा धुमधामका साथ मनाइने बिस्केट जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षलाइ थप प्रचार गर्ने लक्ष्यअनुरुप प्रदर्शनीको आयोजना गरिएको बताए । स्मरण रहोस, विस्केटजात्रा अन्र्तगत विष्णुवीर देवताको जात्रा, वैशाख १ गते बालकुमारी कुहाँ बिज्याइग र सिद्धिकाली जात्रा तथा वैशाख ३ गते सिन्दुर जात्रा, ३२ खट जात्रा र जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ ।