शुक्रबार, चैत्र १६, २०८०

मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन, उपत्यकामा  आज देखि पानी पठाइने

काठमाडौ चैत २९,
मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा आज देखि पानी पठाइने भएको छ। मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोली सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गर्ने तयारी भएको आयोजनाका अधिकारीहरुले जनाएको छ।

सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु९याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशबासीका नाममा सम्बोधन गर्दै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चन मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे अनुरुप मेलम्चीखोलाको पानी काठमार्डौ ल्याउँन लागेको हो ।

आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुमागमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइने आयोजाले जाएको छ