बिहिबार, बैशाख १३, २०८१

महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित

काठमाडौं चैत २६,
सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयानुसार गभर्नर अधिकारीलाई निलम्बित भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले उनी निलम्बनमा परेको पुष्टि गरे ।

देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा उनलाई निलम्बन गरिएको जनाउ दिइएको छ। त्यस्तै गर्भरन अधिकारी उपर छानविनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी जाँचबुझ समिति समेत गठन भइसकेको बताइएकोछ ।

गभर्नर अधिकारीलाई निलम्बन गरिएसंगै अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी दिएको छ।