शुक्रबार, चैत्र १६, २०८०

बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं चैत २८,
गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आव२०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले बेरुजु फर्छ्यौटमा सर्वोत्कृष्ट स्थान हासिल गरेकोले नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आव२०७६/०७७ सम्मको कूल बेरुजु रकममध्ये ८९.३५ प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार  [मन्त्रीस्तर]  निर्णय अनुसार बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा विगत ४ आव देखी निरन्तररुपमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुँदै आएको छ ।