शुक्रबार, चैत्र १६, २०८०

बागी उम्मेदवारी विरुद्ध काँग्रेस आक्रमण: विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थक समेत स्वतः निष्काशित

काठमाडौं बैशाख १६,

नेपाली कांग्रेसले विद्रोही पार्टीको निति विपरित आसन्न् स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारीको मनोनयन दर्ता गराएका नेता तथा कार्यकर्तालाई आआफे उम्मेदवारी   फिर्ता गर्दै मुलधारको   राजनितिमा आउन पुन आग्रह् गरेको छ । त्यस्तै काँग्रेस मुख्यालयले आज जारी विज्ञप्तिमा बैशाख १६ गते साँझ ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन पार्टी सभापतिको निर्देशन सहित यस्तो आग्रह गरिएको उल्लेख गरिएकोछ।

 

त्यस्तै विज्ञप्तिमा मुलुको पछिल्ले राजनैतिक घटनाक्रम अनुसार दलीय गठबन्ध गर्नु परेको उल्लेख गर्दै गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार रहेका उम्मेदवार विरुद्ध दर्ता गरेको उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गरेका छन् । साथै पार्टीको निर्देशन विपरित तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएकोछ ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरे पनि एकाध स्थानमा वाहेक भरतपुर महानगरपालिका , पोखरा लगायतका स्थानीय तहमा पनि विद्रोही उम्मेदवारी दिएकाहरूले फिर्ता नलिने प्रष्ट अडान राख्दै विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन ।