शुक्रबार, बैशाख ७, २०८१

प्रत्येक मत गणनास्थलमा मतगणना कार्यलाई पारदर्शी र सुरक्षित सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन

काठमाडौं बैशाख १६,
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहको मत गणनास्थलमा मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने अभिप्राय सहति अनिवार्यरुपमा सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएका छन ।

त्यस्तै सीसी क्यामराको प्रबन्ध मिलाउँन आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको जानकारीदिदै आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललेगत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको अवस्थालाइ दृष्टिगत गर्दै यसपटक सीसी क्यामराको प्रबन्ध मिलाइएको जानकारीदिनुभयो ।

त्यस्तै आयोगले गत वैशाख ११ र १२ गते प्राप्त उम्मेदवारको मनोनयनपत्र दर्ता भएकामा आज उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र वैशाख १७ गते निर्वाचन चिन्ह वितरण गर्ने कार्यसूची रहेको जनाउँदै प्रवक्ता पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन सहित सकर्सलर गरिएको बताउनुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031