शुक्रबार, बैशाख १४, २०८१

नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल बन्द

काठमाडौं चैत २६ ,
पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ ।संस्कृति, मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको हो ।

यसअघि होटल खाली गर्न सूचना सहित गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर गएको सरकारी टोलीले शुक्रबार साँझ होटलमा ताला लगाएको हो ।

पशुपति क्षेत्र विकास कोष तथा होटल आनन्दबीच भएको सम्झौताअनुसार काम नभएको भन्दै कोषले गत चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता रद्ध गरेको पत्र बतास समूहले बुझ्न नमानेपछि कोषले होटल आनन्द प्रालिले सञ्चालन गरेको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो ।