शुक्रबार, चैत्र १६, २०८०

नेपाल बारको अध्यक्षमा घिमिरे र महासचिवमा अन्जिता निर्वाचित

काठमाडौं चैत २५,
नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनबाट बार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले निर्वाचित भएका छन । झन्डै दोब्बर मतान्तरले प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीलाई पराजीत गर्दै घिमिरेले निर्वाचित भएको हो ।

घिमिरेले ४ हजार ४ सय ७४ मत प्राप्त गर्दै गर्दा अधिकारीले २ हजार ४ सय ८२ प्राप्त गरेको निर्वाचन समतिले जनाएको छ । त्यस्तै स्वतन्त्र समूहका पृथ्वीनाथ राईले १ सय ४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा पनि लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहकी अन्जिता खनालले ३ हजार ६ सय ८२ मत प्राप्त गरी बिजयी भएकी छन् । खालकी निकटम प्रतिस्प्रर्धी प्रगतिशील समूहका केदारप्रसाद कोइरालाले २ हजार ९ सय ८९ मत पाएका छन् ।