शुक्रबार, बैशाख ७, २०८१

निर्वाचनमा काँग्रेसका उम्मेदवारको मुख हेरेर नभइ रुख हेरेर निर्वाचित गराऔं : नेता सिंह

काठमाडौं चैत २१ ,

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित हुँदै घर-घर जाउँ काँग्रेसलाइ जिताऔं भने मुलनारा सहित शुभारम्भ गरेको कांग्रेसको घरदैलो अभियान अन्र्तगत आज काठमाडौं काँग्रेस क्षेत्र न. ८मा एक विशेष कार्यक्रमकावीच काँग्रेस नेता प्रकाशमान सिंहले शुभारम्भ गर्नुभएको छ ।

काँग्रेस सत्तामा हुँदा होस वा प्रतिपक्षीमा बस्दा गरेको जनहितकारी कार्य जनजनको वीचमा लैजान नसक्दा विगतका निर्वाचनमा व्यहोर्नु परको पराजयलाइ दृष्टिगत गर्दै शुरु गरेको प्रस्तुत अभियानको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै नेता सिंहले मुलुकको स्थायित्वको लागि आसन्न् बैशाख ३० गते ७५३ वटा स्थानीय तहमा हुने निर्वाचनमा काग्रेसका उम्मेदवारलाइ मुख हेरेर नभइ रुख हेरेर निर्वाचित गराउन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य र शुभेच्छुक सदस्यलाइ निर्देशन दिनुभएको छ ।

त्यस्तै नेता सिहले पार्टीका विभिन्न् तह र तप्काको जिम्मेवारीमा रहेका नेता तगथा कार्यकर्ता वीच मौलाएको अन्तरसघर्षलाइ थाँटी राख्दै पार्टीको तर्फबाट विगतमा भएको कमीकमजोरी सुक्ष्म अध्ययन सहित काँग्रेसका उम्मेदवारलाइ निर्वाचित गराउन आवश्यक भूमिका निवार्ह गर्न आग्रह गर्दै काँग्रेसको पछिल्लो सांङ्गठनिक  संरचनामा आएको बदलाव र प्रभावकारीताको अग्नी परीक्षा भनेको बैशाख ३० गते हुने बताउनुभयो ।

साथै निर्वाचनमा काँग्रेसले स्थानीय तहको निर्वाचनमा प्राप्त गर्ने परिणामले प्रदेश र संघको निर्वाचन समेतलाइ दिशानिर्देश गर्ने भन्दै उहाँँले वडा, पालिका र संघमा कम्युनिष्ट सरकारले गरेका यावत विकृतिको जानकारी जन-जनवीच राख्दै जनवृतमा सिर्जना गरेको भ्रमलाइ चिर्दै अगाडी बढ्न निर्देशन दिनुभयो ।

त्यस्तै कार्यक्रमममा केन्द्रीय प्रतिनिधि एवम् पूर्व सञ्चारमन्त्री मोहन बस्नेतले घर-घर जाउँ काँग्रेसलाइ जिताऔं अभियानको आवश्यकता र औचित्य प्रष्ट्याउदै काँग्रेसजनवीच रहेको आपसी मनमुटावलाइ विर्सेर समाजमा कम्युनिष्टहरुले सिर्जना गरको भ्रमको जालो तोड्न आवश्यक रहेको बताउनुभयो । साथै आसन्न् स्थानीय तहको एकआपसमा जे जस्तो विमति र मनमुटाव भएपनि निर्वाचनमा घात -अन्तरघातको धरातलबाट माथि उठ्दै काँग्रेसका उम्मेदवारलाइ निर्वाचित गराउन आग्रह गर्नुभयो । साथै पछिल्लो समय एमाले अध्यक्ष तथा पूर्व प्रम आलीले आफ्नो सम्पूर्ण श्री सम्पति ट्रष्टमा राख्ने भन्दै चलाइएको चर्चा केन्द्रीत हुँदै ओलीजीसंग ट्रष्टमा राख्ने श्री सम्पति काँहाबाट आयो यसको खोजी गर्नुपर्ने बताउनुभयो ।

 

त्यस्तैगरि नार्गाजुन नगरपालिकाका प्रमुख एवम् काँग्रेस महासमिति सदस्य मोहन बस्नेतले काठमाडौं जिल्ला अन्र्तगत रहेको ११ वटा पालिका मध्ये काँग्रेसका उम्मेदवार निर्वाचित ४ वटा पालिकामा भएको विकास निमार्ण र कम्युनिष्टका उम्मेदवार निर्वाचित ७ वटा पालिकामा   विकासका नाममा गरेको ब्रम्हलुटका मुद्धालाइ जनतामाझ लैजानु पर्ने बताउनुभयो । साथै उहाँले आसन्न निर्वाचनमा काँग्रेसलाइ निर्वाचित गराउन मन, बचन र कर्मले लाग्न सबै कार्यकर्तालाइ आग्रह गर्दै हामीले हाम्रा उम्मेदवारलाइ निर्वाचित गराउन सक्यौ भनेमात्र दिवंगत श्रद्दय नेताजनप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

त्यसैगरी नेपाली काँग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले भ्रम र हल्लाको पछि नलागी घरघरमा पुगेर कांग्रेसका पक्षमा जनमत सृजना गर्न  काँग्रेसले गरेका राम्रा कामको प्रचार गर्दै भावी योजना सहित काँग्रेसको पक्षमा मत माग्न आग्रह गरे ।

त्यस्तै कार्यक्रमममा महासमिति सदस्य राजुराज जोशीले घात-अन्तरघातकै कारण आफुले यसअघिको स्थानीय तहको निर्वाचनमा पराजयको सामना गर्नु परेको स्मरण सुनाउदै अवका दिनमा घात अन्तरघातको श्रृखलामा विराम लगाउन पर्ने बताउनुभयो । त्यस्तै उहाँले गठबन्धनको क्रममा क्षेत्र न ८को कुनै पनि वडास्तरमा वडाध्यक्ष र पालिकामा फस्टम्यान छोड्न नहुने बताउनुभयो । क्षेत्रीय सभापति राजेश श्रेष्ठको सभापतित्मा सम्पन्न उक्त कार्यक्रममा उल्लेख्य काग्रेसजनको उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031