बुधबार, बैशाख १२, २०८१

निर्वाचनको लागि आवश्यक मतपत्रको ८८ प्रतिशत छपाइ सम्पन्न: आयोग

काठमाडौं बैशाख १४,
आसन्न स्थानी तह निर्वाचनको लागि आयोगले २२ जिल्लामा छपाइ भएका मतपत्र सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरा लगायतका २२ जिल्लामा पठाइ सकेको जनाएको छ ।

त्यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको र त्यसपछिका दिनमा प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको छ जानकारी दिनभएको हो ।

साथै उहाँले निर्वाचनको लागि आवश्यक मतपत्र मध्ये आजसम्म १ करोड ८७ लाख अर्थात ८८ प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न भएको जानकारीदिनुको अलावा निर्वाचन सम्बन्धी अन्य सामग्री यसअघिनै गरिसकेको आयोगले जनाएको छ।