शनिबार, बैशाख ८, २०८१

देशभर सक्रिय कोभिड सङ्क्रमितको सङ्ख्या जम्मा ३३४ मात्र

काठमाडौं बैशाख ६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ३ हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालय १३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा कुनै संक्रमितको पुष्टि नभएको जानकारीदिदै यसवीचमा २६ जना कोभिड संक्रमित सङ्क्रमणमुक्त भएको बताएको छ। त्यस्तै मृत्यु शून्य रहनुको अलावा देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ३३४ मात्र रहेको जनाएको छ।