शुक्रबार, चैत्र १६, २०८०

देशभर कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७

काठमाडौं चैत २४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २८ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै मन्त्रालयले १८ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमित पुष्टि नभएको जनाउदै यसवीचमा २५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको जानकारीदिएको छ।

त्यस्तै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ जना छ । यसवीचमा ५० हजार ९३ जनाले कोभिडविरुद्धकाखोप लगाएको मन्त्रालयले जनाएको छ।