बिहिबार, बैशाख १३, २०८१

दुई  महानगरपालिकासहित १८ नगरपालिका हाँकेका १८ भाइ मध्ये ८ भाइ बाहिरिए

काठमाडौं वैशाख १५
२०७४ सालको  स्थानीय तहको निर्वाचनमार्फत काठमाडौं उपत्यकामा  रहेको  दुई  महानगरपालिकासहित १८ नगरपालिका हाँकेका १८ भाइ मध्ये  आसन्न् स्थानीय तह  निर्वाचनको लागि दर्ता भएको मनोनयन सूची अनुसार  महानगरपालिकासहित १८ नगरपालिका लागि १० भाइले दोस्रो पटकको लागि मौका दिएका छन ।

सम्बन्धित दलले आफ्ना पूर्व उम्मेदवार मध्ये क्रमस ८ जनालाइ चुनावी मैदानबाट उत्रिन रोक लागाएको छ । २०७४ मा जितेका मेयरमध्ये काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको दावीका वावजुद उनले टिकट पाएनन्। उनको स्थानमा नेकपा एमालेले केशव स्थापितलाइ उम्मेदवार बनाएको छ। त्यस्तै काँग्रेसले उपत्यकाकै अर्को महानगरपालिका ललितपुरमा भने पूरानै अनुआर चिरीबाबु महर्जनलाई फेरि मेयर उम्मेदवार बनाएको छ।

त्यस्तै ललितपुरकै गोदावरी नगरपालिका पनि काँग्रेसले गजेन्द्र महर्जनलाई फेरि उम्मेदवार बनाउँदै गर्दा ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेले रामेश्वर श्रेष्ठलाइ रोक लगाउँएकोछ ।

त्यस्तै गरि भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि एमालेले यसअघिका मेयर सोमप्रसाद मिश्रलाइ रोक लगाउँएका छ भने सूर्यविनायक नगरपालिका मेयर वासुदेव थापा र मध्यपुर थिमी नगरपालिकामा मदनसुन्दर श्रेष्ठलाई फेरि उम्मेदवार बनाएको छ। त्यस्तै काँग्रेस एमालेले जस्तै भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी सुनिल प्रजापतिलाइ नेकमिपाले फेरि मेयर उम्मेदवार बनाएकोछ ।

त्यस्तै सत्तारुढ दल काँग्रेसले दक्षिणकाली,चन्द्रागिरि र नार्गाजुनमा क्रमस पूरानै मेयर क्रमस मोहन बस्नेत ,घनश्याम गिरी र मोहन बहादुरबस्नेतलाइ पुन मौका दिदै गर्दा गोकर्णेश्वरका मेयर सन्तोष चालिसेलाइ रोक लगाएको छ।

त्यस्तै एमालेले तर्फबाट काठमाडौंको तारकेश्वर नगरपालिकामा रामेश्वर बोहोरा र टोखामा प्रकाश अधिकारीलाई मेयर बनाउदै गर्दा कीर्तिपुर नगरपालिका रमेश महर्जन , कागेश्वरी मनोहराका कृष्णहरि थापा, शंखरापुरका सुवर्ण श्रेष्ठ र बुढानिलकण्ठ उद्धव खरेललाइ भने रोक लगाएको छ।