शुक्रबार, बैशाख १४, २०८१

तीन लाख घुससहित प्रधानाध्यापक ठाकुर पक्राउ

काठमाडौं, चैत ३०,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख रुपियाँ घुस लिएको आरोपमा  बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई पक्राउ गरेको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घुस माग गर्दै घुस रकम लिइसकेको अवस्थामा
ठाकुर र झालाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको उल्लेख गरिएको छ।