शुक्रबार, बैशाख ७, २०८१

टेलिकमका शेयरधनीलाई प्रतिशेयर रु २० अनुपातमा नगद लाभांश वितरण गरिने

काठमाडौं चैत २४ ,
नेपाल टेलिकमले सम्पन्न १४औँ वार्षिक साधारणसभाको अवसरमा कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर रु २० का दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु १८ अर्ब पु-याउने प्रस्ताव पारित गरेको हो ।
साधारणसभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उपभोक्ताको अपेक्षाअनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

साथै उहाँले कोभिड महामारीकै समयमा पनि कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महसुलमा छुट दिनुका साथै जरिवानासमेत मिनाहा गरेको बताउनुभयो ।

त्यस्तै  कम्पनीका प्रवक्ता शोभन अधिकारीले अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरण जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटिई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणसंगै कम्पनीले इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुका साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गर्दै जानकारीदिनुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031