शनिबार, बैशाख ८, २०८१

कोभिडविरुद्ध पहिलो श्रृंखलाको खोप पूरा गरेको ३ महिनामै बुस्टर डोज

काठमाडौं चैत २०,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोसमय कोभिड संक्रमितको पहिचानमा आएको कमीसंगै व्यवस्था गरेको छ।राष्ट्रिय खोप सल्लाहकार समितिको २०७८ चैत १३ गते सिफरिसको आधारमा पहिलो श्रृंखला पूरा गरेको ३ महिनापछि एक मात्रा बुस्टर खोप दिने निर्णय यस्तो व्यवस्था गरेको हो ।

यसअघि कोभिड विरुद्धको पूर्ण खोप लगाएको ६ महिना पुरा भएपछि बुस्टर लगाउँन पाइने व्यवस्था रहेको थियो ।

खोप सम्बन्धी नयाँ व्यवस्था संगै मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै पहिलो श्रृंखलाको खोप पूरा गरेको ३ महिनामै बुस्टर डोज दिन सकुर्लर गरको छ ।