बुधबार, बैशाख १२, २०८१

काठमाडौं महानगर प्रमुखका लागि ५६ र उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी मनोनयन दर्ता

काठमाडौँ बैशाख १२ ,
आगामी बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहका लागि कुल ३५ हजार २२१ पदका लागि हुने निर्वाचनका लागि आइतवार र सोमवार भएको उम्मेदवारको मनोयन दर्ता कार्यक्रम अन्र्तगतसंघीय राजधानी स्थित काठमाडौ महानगर पालिका प्रमुख पदका लागि मात्र ठूला तथा साना राजनैतिक दल, स्वतन्त्र गरि ५६ जनाले उम्मेदवारी दर्ता गराएकाका छन भने उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

काठमाडौँ  महानगर प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउने ८ जना महिला सहित ५६ जना उम्मेदवारमध्ये २१ जनाले दलको तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन पत्र दर्ता गराउनुभएको छ । त्यस्तै उपमेयर पदमा १२ जना महिला सहित ३१ जना उम्मेदवारमध्ये मध्ये १२ जनाले दलको तर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारी मनोनयन पत्र दर्ता गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजुकुमार मनोनयन दर्ताका लागि काठमाडौँ महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो । यसै गरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स मार्फत मनोनयन दर्ता कार्य गरिएको जनाएको छ