बिहिबार, बैशाख १३, २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारका लागि सर्यो

काठमाडौं बैशाख ९,
सत्तारूढ दल नेपाली कांग्रेसको आसन्न स्थानीय तह निर्वाचन लक्षित हुँदै आज बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शनिबार बस्ने गरि स्थगन गरिएको छ ।

पछिल्लो समय केन्द्रीय नेताहरुको बढ्दो व्यस्थताका कारण आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको जानकारी दिदै पार्टी मसख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताउनुभयो ।

साथै उहाँले शनिवारको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध भइसकेको बताउँनुभयो ।