बुधबार, बैशाख १२, २०८१

काँग्रेस घोषणापत्र तयारी समिति’ मा थप २८ नयाँ सदस्य मनोनित

काठमाडौं चैत २१,
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा गठन गर्नुभएको पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा थप २८ नयाँ सदस्य मनोनित गर्नुभएको छ ।

घोषणापत्र तयारी समितिमा थप मनोनित भएकासदस्यमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगर रहनुभएको छ।

यसैगरी हरिप्रभा खड्गी, भुपेन्द्र राई, ममता महतो, डा जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शङ्कर तिवारी, पुरुषोत्तम नेपाल, डा इन्द्रा अधिकारी, डा अभिमन्यु सिंह, डा बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य मनोनित हुनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।