शुक्रबार, मंसिर १५, २०८०
Dashain

७५३ मध्ये ७४७ स्थानीय तहको मतपत्र छपाइ सकियो : आयोग

काठमाडौं बैशाख १६,
आसन्न स्थानीय तह निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले ७५३ स्थानीय तह मध्ये छ महानगरपालिका बाहेक ७६ जिल्ला अर्थात ७४७ स्थानीय तहको मतपत्र छपाइको कार्य सकिएको जनाएको छ।

त्यस्तै निर्वाचन आयोगले निर्वाचनका आवश्यक एक करोड ९४ लाख मतपत्रमध्ये एक करोड ८० लाख ४५ हजार मतपत्रको छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ।

साथै छपाइ भएको मतपत्र वैशाख १३ गतेदेखि ढुवानी सुरु गर्ने क्रममा अहिलेसम्म ४३ जिल्लाका लागि ७५ लाख ७३ हजार मतपत्र ढुवानी भइसकेको जानकारी समेत आयोगले दिएको छ।