शुक्रबार, मंसिर १५, २०८०
Dashain

६३ जिल्लाको मतपत्र छपाइ सकियो , बाँकी १४ जिल्लाको छाप्नेक्रम जारी : आयोग

काठमाडौं वैशाख १२,
निर्वाचन आयोगले आसन्न् स्थानीय तह निर्वाचन प्रयोजनाका लागि मुलुकको ७७ जिल्ल मध्ये ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मतपत्रको छपाई सकिएको जनाएको छ । त्यस्तै बाँकी १४ जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजको पत्राकार सम्मेलनमा जानकारी दिनुभएकोछ ।

त्यस्तै यसवीचमा सोमबारबाट जिल्ला जिल्लामा मतपत्र ढुवानी शुरु गर्ने जानकारी दिदै आयोगका प्रवक्ता पौडेलले यसअघि आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुरुप बैशाख ११ र १२ कालागि तय गरिएको उम्मेदवार मनोनयन दर्ता आज साँझ सक्ने बताउनुभयो ।

त्यस्तै उहाँले निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने जनाएको छ ।

साथैस्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आव्हान गर्दैआएको जानकारीदिदै प्रवक्ता पौडेलले आचारसंहिताविपरित हुनेगरी कुनै कामकारावही नर्गन सम्बन्धी सबैमा आग्रह गर्दै निर्वाचनसँग सम्बन्धित सूचनाहरु आमसञ्चार माध्यम एवम् आमसरोकारहरुका लागि सहज पहुँचसहित सम्प्रेषण गर्ने उद्देश्यले आयोगका प्रवक्ता, सहप्रवक्तासहित सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु बाग्लेलाई पनि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोकेको जानकारीदिनभयो ।