बुधबार, मंसिर २०, २०८०
Dashain

ह्वात्तै बढ्यो पेट्रोल पम्पमा सर्वसाधारणको चाप , आपूर्ति सहज बनाउन सरकारको निर्देशन

काठमाडौं चैत १९,

इन्धन ढुवानी गर्ने व्यवसायीले भाडा समायोजनको माग गर्दै शुरु गरेको आन्दोलनका कारण काठमाडौँ उपत्यकाका पेट्रोल भर्ने पम्पहरुमा इन्धनकोलागि सर्वसाधारणको चाप ह्वात्तै बढेको छ । कतै इन्धन नपाउने त होइन भन्ने आशैका सहित घण्टौँ लाइनमा बसेर सर्वसाधारणहरुले आआफ्नो सवारीसाधमा तेल भर्न बसेका छन । यहाँसम्मकी लाइनमा बसेका सर्वसाधारणले सवारी साधन मात्र नभइन ग्यालिन समेत बोकेर पम्पमा आएका पाइन्छ ।

कतिपय पम्पहरुले तेल छैन भनेर ब्यानर नै झुन्ड्याउन थालिसकेका छन् । मात्रै इन्डियन आयल कर्पोरेशनले शुक्रबार पठाएको इन्धनको मूल्य सूचीमा पेट्रोल प्रतिलिटर रु १।४८ ले घटे पनि इन्धन भर्ने पम्पमा भने चाप ह्वात्तै बढेको छ।

यसैवीच पेट्रोलियम आपूर्ति सहज बनाउन सरकारको निर्देशन प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

कावा प्रम खाँणले आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031