बुधबार, मंसिर २०, २०८०
Dashain

स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धन दलको घोषणा, संयुक्त अपिल जारी

काठमाडौं चैत २८,
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बसेको सत्ता गठबन्धन दलको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । त्यस्ते बैठकले स्थानीय निर्वाचनमा तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न सबै नेता तथा कार्यकर्तालाई अपिल यर्दै गठबन्धन दलको संयुक्त अपिल समेत जारी गरेको छ।

गठबन्धनको बैठकपछि काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षरमा जारी संयुक्तरुपमा अपिलमा आगामी बैशाख ३० गते हुने ७५३ स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागितासहित ५ दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन आग्रह गर्दै गर्नुभएको छ ।

त्यस्तै अपिलमा लोकतन्त्र विरुद्ध सिर्जा गरिएको प्रतिगमनलाई परास्त गर्दै नेपाली समाजमा न्याय र समानता कायम गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध रहेको छ । त्यअर्थमा लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउँदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं त्यसका लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं भनिएकोछ ।

साथै ‘नयाँ संविधान जारी भएसँगै देशको संविधानको उल्लङ्घन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अङ्गहरुमा पैदा गराइएको बेथिति संगै लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुस्प्रयास विरुद्ध सत्ता गठबन्धन भएको अपिलमा भनिएको ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गणेशबहादुर गुरूङ, पूर्ण खड्का, गगन थापा, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष   ’प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, देवप्रसाद गुरूङ, वर्षामान पुन, नेकपा एसबाट झलनाथ खनाल, डा.विजय पौडेल र प्रकाश ज्वला, जसपाबाट डा. अशोक राइ, रेनु यादव र राष्टिय जनमार्चाबाट हिमाल पुरी, दुर्गा पौडेलले उपस्थिति थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031