शुक्रबार, मंसिर १५, २०८०
Dashain

स्थानीय तह निर्वाच: ३५ हजार २२१ पदका लागि देशभर १ लाख ४१ हजारको मनोनयन दर्ता

काठमाडौं बैशाख १३ ,
निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको सूची अनुसार आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाको   मनोनयन दर्ता भएको जनाएको छ ।

देशभरका ७५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते निर्वाचन प्रयोजनका लागि आइतबार र सोमबार देशभरका स्थानीय तहमा भएको उम्मेदवारी मनोनयनको क्रममा उल्लेखित सख्यामा उम्मेदवारी दर्ता भएको हो ।

आयोगका अनुसार पालिकाको प्रमुखमा ३ हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ जनाको मनोनयन दर्ता भएको छ । यस्तै पालिका अध्यक्षमा ३ हजार ३०६ र उपाध्यक्षमा दुई हजार ३४३ जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै गरि वडाध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र वडा सदस्यमा ५१ हजार ९२ जनाकोउम्मेदवारी परेको आयोगले जनाएको छ ।