बुधबार, मंसिर २०, २०८०
Dashain

स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी आचारसंहिता आजबाट लागू

काठमाडौं चैत २५,
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन प्रयोजनका निर्वाचन आयोगले शुक्रबारबाट आचारसंहिता लागू भएको घोषणा गरेको छ। आयोगले आज अपरान्ह पत्रकार सम्मेलन गर्दै आजबाट आचार संहिता लागू भएको बताएको हो।

पत्रकार सम्मेलनमा आजबाट आचार संहिता लागू भएको बताउादै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने र आचारसंहिता विपररितका कामकारवाहीभए निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन् । त्यस्तै निर्वाचन अधिकृतको कार्यालय स्थापना र जिम्मेवारी ग्रहण नगरेसम्मका लागि निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको पक्षको नियमन गर्ने जिम्मा आयोगले सम्बधीत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

जारी आचार संहिताको पूर्णपाठका लागि यहँँ क्लिक गर्नुहोस :

निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार बन्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सेवा, सुविधा लिएको हुन नहुने पनि स्पष्ट पारेको छ । जारी आचारसंहिता लागूभएसँगै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक भएको छ ।

यसैगरी, योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदानका साथै निर्वाचनको कामबाहेक कर्मचारी सरुवा र पदस्थापनमासमेत गर्न नपाइने आयोगले जनाएको छ । आचारसंहिता अनुसार आयोगको अनुमतिबिना सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमण जना नपाउने भएका छन् । त्यस्तै, उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३/३फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान रहेको छ ।

त्यस्तै स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031