शुक्रबार, मंसिर १५, २०८०
Dashain

स्थानीय तह निर्वाचन : कांग्रेसबाट भरतपुर मेयरमा २५ र उपमेयरमा २४ जना आकांक्षी [नामावलीसहित]

काठमाडौ चैत २९,
आसन्न् स्थानीय तह निर्वाचनको लागि चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि सत्तारुढ नेपाली कांग्रेसबाट २५ जना आकाक्षी देखिएका छन् । कांग्रेसको भरतपुर महानगर समितिले हिजोदेखि प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न चाहनेहरूलाई निवेदन दिन आह्वान गरे अनुरुप २५ जनाले मेयरमा र २४ जनाले उपमेयरमा दाबी गरेका छन ।

यसरी भरतपुर महानगरपालिकाको मेयर दाबी गर्नेमा कांग्रेसका केन्द्रीय सदस्यदेखि युवा नेतासम्म रहेका छन् । यस्तै पूर्वसांसद जगन्नाथ पौडेल, नेविसंघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघका पूर्वसहमहामन्त्री निलकण्ठ शर्मा रिजालले, चितवन कांग्रेसका निवर्तमान सचिव उत्तम जोशी, महानगर समितिका सभापति चित्रसेन अधिकारीले पनि महानगर प्रमुखमा उमेदवारी दिएका छन् ।

यस्तै अन्य आकांक्षीहरू भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबू श्रेष्ठ, प्रकाश अधिकारी, प्राडा केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा। सुर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले पनि मेयर बन्न उमेदवारी प्रस्तुत गरेका छन् । महानगर समितिमा नगरप्रमुखका आकांक्षीले तीन हजार र उपप्रमुखका आकांक्षीले दुई हजार रुपैयाँ तिरेर उमेदवारी दर्ता गराइएको हो ।

अब महानगर समितिका आकांक्षीहरूबीच समझदारीको प्रयास गर्ने छ यदि सहमति नभए जिल्लामा सिफारिस गर्ने, जिल्लाले प्रदेशमा र प्रदेशले मिलाउन नसके केन्द्रमा सिफारिस गर्ने छन् । नेपाली कांग्रेसको महानगरको प्रमुख र उपप्रमुखसम्मको टिकट कांग्रेसको केन्द्रीय संसदीय समिति ९संसदीय बोर्ड० ले बाँड्ने प्रावधान कांग्रेसको विधानमा उल्लेख छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031