शुक्रबार, मंसिर १५, २०८०
Dashain

सत्ता गठबन्धको बैठक : गठबन्धनलाई प्रभावकारीरुपमा अगाडी लैजाने निर्णय

काठमाडौ चैत २७,
आज बसेको सत्ता गठबन्धको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले आसन्न् स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रको विषयमा छलफल भएको छ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन ५ दलीय सत्ता गठबन्धनले आसन्न निर्वाचनमा गठबन्धका उम्मेदवार लाइ निर्वाचित गराउँन हरसंभव प्रयास गर्ने तयारी समेत गरेको बुझिएको छ।

 त्यस्तै गठबन्धनलाई कसरी प्रभावकारीरुपमा बलियो बनाउनकै लागि सोमबार बिहान ९ बजे थप छलफल गर्नेगरी आजको बैठक सम्पन्न गरिएको  बैठकमा सहभागी  गठबन्धन   दलका  नेताहरुले बताएका छन ।